काठमाडौं । 'ए' डिभिजन क्लब मछिन्द्र फुटबल क्लबको कप्तानी विराज महर्जनले गर्ने भएका छन् ।
मछिन्द्रले शुक्रबार पत्रकार सम्मेलन गर्दै टिमको कप्तानमा विराजलाई चयन गरेको जनाएको छ ।
राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान समेत रहेका विराजले अब शनिबारबाट सुरु हुने 'ए' डिभिजन लिगमा मछिन्द्रको कप्तानी गर्ने छन् ।
दशरथ रंगशालामा शनिबार मछिन्द्रले ब्रिगेड ब्वाइजसँग खेल्दै लिगको सुरुवात गर्नेछ ।
विराज यसै सिजन मछिन्द्रमा अनुबन्धित भएका हुन् । गत सिजन विराजले मनाङ मर्स्याङ्दी क्लबबाट खेलेका थिए ।
यस्तै मछिन्द्रले शुक्रबार 'ए' डिभिजन लिग खेल्ने टिमको घोषणा गरेको छ । मछिन्द्रले घोषणा गरेको लिग खेल्ने टिममा राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता रहेको छ ।
मछिन्द्रको प्रशिक्षकमा प्रवेश कटवाल रहेका छन् ।
मछिन्द्रको टिम :
अविशेक रिजाल
विजय धिमाल
विराज महर्जन
विशाल राई
विशाल श्रेष्ठ
बुद्ध चेम्जोङ
देवेन्द्र तामाङ
दिपक राई
हेमन गुरुङ
रेजीन सुब्बा
रञ्जित धिमाल
सुजल श्रेष्ठ
सुर्य अधिकारी
योगेश गुरुङ
पिटर सेगुन
ओडेलाजा सोमिडे
आन्द्रीयस निया