काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिममा पूर्व कप्तान तथा स्ट्राइकर अनिल गुरुङले यस सिजनको 'ए' डिभिजन लिग ब्रिगेड ब्वाईज क्लब (बीबीसी) खेल्ने भएका छन् ।
शनिबारबाट सुरु हुने लिगका लागि ब्रिगेडले अनिललाई अनुबन्ध गरेको छ । अनिललाई ब्रिगेडले टिमको कप्तान समेत चयन गरेको छ ।
पोखराको सहारा क्लबबाट उत्पादित अनिलले बीबीसीबाटै लिगमा डेब्यु गरेका थिए । अनिलले बिस २०६२ सालमा पहिलो पटक बीबीसीबाट 'ए' डिभिजन लिग खेलेका थिए ।
गत सिजन अनिलले थ्री स्टार क्लबबाट 'ए' डिभिजन लिग खेलेका थिए ।
लिगको पहिलो खेलमा ब्रिगेडले शनिबार मछिन्द्र फुटबल क्लबसँग खेल्नेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

