एजेन्सी । इन्ग्लिश क्लब लिभरपुलले जापानी विंगर ताकुमी मिनामिनोलाई अनुबन्ध गर्ने तयारी थालेको छ ।
रेडबुल साल्जबर्गका विंगर मिनामिनोलाई जनवरी विन्डो ट्रान्सफरमा क्लब ल्याउने लिभरपुलले तयारी गरेको छ ।
साल्जबर्गका स्पोर्टिङ डिरेक्टर क्रिस्टोफ फ्रयून्डले लिभरपुलसँग छलफल भईरहेको बताएका छन् ।
जापानका विंगर मिनामिनोले यस सिजन २२ खेलमा ९ गोल र ११ असिस्ट गरिसकेका छन् । जसको कारण लिभरपुल मिनामिनोलाई अनुबन्ध गर्न आतुर देखिएको हो ।
२४ वर्षीय मिनामिनोले च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलको मैदानमा भएको समूह चरणको खेलमा एक गोल गरेका थिए ।
