काठमाडौं । जापानीज फुटबल लिग (जेएफएल) टिमसँग खेल्ने नेपालको निलो टिमको प्रशिक्षकको नेतृत्व मेघराज केसीले गर्ने भएका छन् ।
नेपाली फुटबल टिमले शुक्रबार जापानीज फुटबल लिगका उत्कृष्ट खेलाडी सम्मिलित जेएफएल यू–२२ सँग मैत्रिपुर्ण खेल खेल्दैछ ।
दशरथ रंगशालामा हुने खेल दिनको ३ बजे सुरु हुनेछ ।
यसअघि नेपालले साग विजेता यू–२३ टिमनै मैदान उतार्ने बताएपनि आधा बढी खेलाडी घाईते भएका कारणले नेपालले निलो टिम बनाएर खेलाउन लागेको हो ।
नेपाल भ्रमणमा रहेको जेएफएलले नेपाल निलो र पुर्व लिग विजेता मनाङ मस्र्याङ्दी क्लबसँग एक–एक मैत्रिपुर्ण खेल खेल्नेछ ।
जेएफएलले आईतबार मनाङसँग खेल्नेछ ।
कार्तिकमा भएको एएफसी यू–१९ च्याम्पियनसिप छनोटमा मेघराजले नेपालको उमेर समुहको टिम हेरेका थिए ।
यसअघि उनले नेपालले राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकको जिम्मेवारी पाएका थिए ।
नेपाल निलो टिमसँग खेल्न जेएफएफलेको टिम बुधबार नेपाल आएको हो ।
प्रशिक्षकको जिम्मेवारी पाएका मेघराज केसीले छोटो समयमा राम्रो टिम बनाएर मैदान उत्रने खेलपाटीसँग बताए ।
‘छोटो समय छ, जतिसक्दो राम्रो टिम बनाउने छौं ।’ उनले भने ।
सागमा रहेका खेलाडी घाईते रहँदा एन्फाले यू–१९ टिमदेखि राष्ट्रिय टिमसम्मका खेलाडी संयोजन गर्दै नेपालको निलो टिम बनाउनेछ । तर खेलको अघिल्लो दिनसम्म समेत एन्फाले खेलाडी टुङ्गो लगाएको छैन ।
आगामी २८ बाट सुरु हुने लिगमा सबै खेलाडीहरु क्लबमा ब्यस्त भएकाले शुक्रबार बिहान मात्रै खेलाडीको अन्तिम टुङ्गो लाग्ने प्रशिक्षक केसीले खेलपाटीलाई जानकारी गराएका छन् ।
जापानी टिमको प्रशिक्षकमा इबाता रहेका छन् । उनले जापानको जे लिग क्लब समेत हेरिरहेका छन् । उनले नेपालविरुद्ध जापानीज टिमले गर्ने प्रर्दशन मैदान छिरेपछि मात्रै थाहा हुने बताए ।
जेएफएल जापानीज फुटबल संघको पहलमा नेपाल आएको हो । टिमको सम्पुर्ण खर्च जेएफएले ब्यहोर्ने छ ।