काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको नयाँ सिजन शनिबारबाट सुरु हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्र फुटबल क्लब र ब्रिगेड ब्वाईज क्लब (बीबीसी) बीचको खेलसँगै औपचारिक रुपमा 'ए' डिभिजन लिगको सुरुवात हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले 'ए' लिगका लागि दुई फरक टिकट मूल्य राखेको छ ।
एन्फाले भिआईपी र सामान्य प्यारापिटका लागि दुई फरक टिकट मूल्य राखेको छ । एन्फाले सामान्यतर्फ २ सय र भिआईपीतर्फ ५ सयको टिकट राखेको छ ।
लिगका लागि टिकट प्रभु पेबाट किन्न सकिनेछ ।
एन्फाले लिगबाट १ करोड उठाउने योजना बनाएको छ ।