काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको निलो टिमले शुक्रबार जापानको जेएफएल यू-२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
दशरथ रंगशालामा नेपाली निलो र जेएफएल यू-२३ टिमबीचको खेल अपरान्ह ३ बजे सुरु हुनेछ । नेपाली निलो टिममा राष्ट्रिय टिम देखि उमेर समूहका मिक्स खेलाडी सहभागी हुनेछन् ।
जेएफएल यू-२३ टिममा जापानी फुटबल लिगका खेलाडी रहने छन् ।
जापानी टिम र नेपाल निलोबीच खेलका लागि एन्फाले भिआइपीतर्फ १ हजार र सामान्य प्यारापिटतर्फ ५ सयको टिकट मूल्य राखेको छ ।
यस्तै जापानी टोलीले 'ए' डिभिजन क्लब मनाङ मर्स्याङ्दीसँग आइतबार खेल्नेछ ।