काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको नयाँ सिजनमा एक टिम मात्र घटुवा हुने भएको छ ।
शनिबार सुरु हुने लिगमा पहिलो पटक एक मात्र टिम घटुवा हुने भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस सिजन एक मात्र टिम घटुवामा पर्ने जनाएको छ ।
यस अघिको लिगमा दुई टिम घटुवा हुने गरेको थियो । गत सिजन एन्फाले रेलिगेसन (घटुवा) बिनाको लिग गरेको थियो । तर, गत सिजनको अन्तिम दुई टिमको दुई र एक अंक घट्ने छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार मछिन्द्र फुटबल क्लब र ब्रिगेड ब्वाईज क्लब (बीबीसी) बीचको खेलसँगै औपचारिक रुपमा 'ए' डिभिजन लिगको सुरुवात हुनेछ ।
पहिलो दिन एक खेल हुनेछ । दोस्रो दिनबाट दुई दुई खेल हुनेछ ।
फागुन ३ गते सकिने लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् । जसमा कुल ९१ खेल हुनेछ । हरेक राउण्डमा ७ खेल हुनेछ । शीर्ष टोलीले उपाधि जित्ने छन् ।
एन्फाले गत वर्ष आयोजना गरेको रेलिगेसनबिनाको लिगको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको थियो ।