एजेन्सी । एट्लेटिको मड्रिड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
बुधबार राति समूह डीको खेलमा लोकोमोटिभ मस्कोलाई २–० गोल अन्तरले पराजित गर्दै एट्लेटिकाले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।
अर्को खेलमा बार्यन लिभरकुसन शीर्ष स्थानको युभेन्ट्ससंग पराजित हुँदा समेत एट्लेटिकोलाई अघिल्लो चरण प्रवेश गर्न सहज बन्यो ।
किरन ट्रिप्पियरले १७ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए ।
जोआओ फिलिक्सले ५४ औ मिनेटमा भली गोलमार्फत एट्लेटिकोको जित सुनिश्चित गरे ।

समूह डीमा युभेन्ट्स १६ अंक सहित समूह विजेताको रुपमा नकआउट चरण प्रवेश गर्यो ।
एट्लेटिको १० अंक सहित उपविजेता बन्दै अन्तिम १६ मा पुग्यो । समूहको तेस्रो स्थानको लिभरकुसनले मात्र ६ अंक जोड्यो ।