• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
नेपालद्वारा नेदरल्याण्ड पराजित, एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो जित
खेलपाटी संवाददाता
शुक्रबार, साउन १८, २०७५ खेलपाटी संवाददाता
नेपालद्वारा नेदरल्याण्ड पराजित, एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो जित

काठमाडौं । घरेलु टोली नेदरल्याण्डविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले जित हात पारेको छ । शुक्रबार भएको रोमान्चक खेलमा नेपालले नेदरल्याण्डलाई १ रनले हराएको हो ।

भिआरए मैदानमा नेपाले दिएको २१७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेदरल्याण्ड पुरै ५० ओभरमा अलआउट हुँदै २१५ रनमा समेटियो  । योसंगै नेपालले नेदरल्याण्डविरुद्धको दुई खेलको एकदिवसीय सिरिज १ - १ को बराबरी गरेको छ । यसअघि बुधबार भएको डेब्यु खेलमा नेपाल नेदरल्याण्डसंग ५५ रनले पराजित भएको थियो ।

दोस्रो खेलको जितसंगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो जित हात पारेको छ  । र, नेपालले एकदिवसीय क्रिकेटको डेब्यु सिरिजमा सुखद अन्त्य गरेको छ । तर, नेपाललाई जित निकाल्न अन्तिम बलसम्म कुर्नु परेको थियो । 

अन्तिम ओभरमा कप्तान पारस खड्का नायक बन्दा नेपालले जित हासिल गरेको हो । नेदरल्याण्डलाई अन्तिम ओभरमा जितका लागि ६ रन आवश्यक थियो ।  उसको १ विकेट हातमा थियो । कप्तान पारसको पहिलो बलमा क्लासेनले १ रन जोडे । दोस्रो बलमा रन नेदरल्याण्डले रन जोड्न सकेन । तेस्रो बलमा मीकेरनले १ रन जोडे । त्यसपछि चौथो बलमा क्लासेनले दुई रन जोड्दा नेदरल्याण्डलाई २ बलमा २ रन आवश्यक रह्यो ।

चौथो बलमा क्लासेनले रन जोड्न सकेन र अन्तिम बलमा नेदरल्याण्डलाई २ रन आवश्यक रह्यो । अन्तिम बलमा क्लासेनलाई पारसले रन आउट गराउदै नेपाललाई एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाललाई पहिलो जित दिलाए ।  

क्लासेनले १३ रन जोड्दा मीकेरनले अविजित १२ रन जोडे । यस्तै  नेदरल्याण्डका वेस्ली बार्रेसीले ७१ रनको अर्धशतकीय पारी खेले । त्यसबाहेक  उसका ड्यानियल टेर ब्राकले ३९,  पिटर सिलारले २१ रन जोड्दा बेन कोपेरले १९ तथा शेन स्नाटरले १२ रन बनाए ।

नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । यस्तै ललित भण्डारीले २ विकेट लिदा कप्तान पारस खड्का, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र बसन्त रेग्मीले १/१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा अलआउट हुँदै २१६ रन बनाएको थियो ।

नेपालको उच्च लक्ष्यमा कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतकीय पारी खेले । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको लागि अर्धशतक बनाउने दोस्रो खेलाडी बनेका कप्तान पारसले ६९ बलमा ५१ रन जोडे ।

यस्तै अर्धशतक बनाउने तेस्रो नेपाली खेलाडी बनेका सोमपालले ४६ बलमा ६१ रनको अर्धशतकीय पारी खेले । निकै आक्रामक ब्याटिङ गरेका उनले पाँच चौका र ६ छक्का प्रहार गरे ।

त्यस्तै नेपालका लागि सुबास खकुरेल र दिपेन्द्र सिह ऐरीले समान १९/१९ रन जोड्दा आरिफ शेख १६ तथा ज्ञानेन्द्र मल्ल १३ रनमा आउट भए । नेपालका सन्दीप लामिछाने ८, रोहित कुमार पौडेल ६, अनिल साह ४ रनमा आउट हुँदा ललित भण्डारी ४ रनमा अविजित रहे ।

नेदरल्याण्डका फ्रेड क्लासेनले ३ तथा माइकल रिप्पोन र पिटर सीलरले २/२ विकेट लिए ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एकदिवसीय राष्ट्रको मान्यता पाएपछि नेपाल दुई खेलको ऐतिहासिक एकदिवसीय सिरिज खेल्न नेदरल्याण्ड पुगेको हो ।

गत फेब्रुअरीमा जिम्बावेमा भएको विश्वकप छनोटबाट नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको थियो । छनोटमा एसोसिएटतर्फ उत्कृष्ट तीन टोलीमा रहेर नेपालले ऐतिहासिक सफलता पाएको थियो । चार बर्षको लागि नेपालले पाएको मान्यता यहीँ जुलाईबाट लागु भएको हो ।

नेपालले एसोसियट राष्ट्रको मान्यता पाएको २२ बर्षपछि एकदिवसीय राष्ट्रको मान्यता पाएको हो । सन् १९९६ मा एसोसियट राष्ट्रको मान्यता पाएको नेपाल सन् १९८८ मा आईसीसीको सदस्य बनेको थियो ।

नेपालले एकदिवसीय मान्यता पाएपछि नेदरल्याण्डले ऐतिहासिक क्षणको लागि आथित्यमा प्रदान गरेको हो ।

नेदरल्याण्डविरुद्धको यो दुई खेलको सिरिजपछि नेपालका भेट्रान स्पिनर शक्ति गौचनले सन्यास लिएका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बंगलादेशले नेदरल्यान्ड्ससँग टी–२० आई सिरिज खेल्ने
बंगलादेशले नेदरल्यान्ड्ससँग टी–२० आई सिरिज खेल्ने
एनपिएलको हिसाब : २८ करोड आम्दानी, क्यानलाई साढे २ करोड नाफा
एनपिएलको हिसाब : २८ करोड आम्दानी, क्यानलाई साढे २ करोड नाफा
नेपालले महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने
नेपालले महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने
क्यानको बोर्ड बैठक मूलपानीमा सुरू
क्यानको बोर्ड बैठक मूलपानीमा सुरू
अभिषेक टी–२० आई वरीयतामा नम्बर १ ब्याटर
अभिषेक टी–२० आई वरीयतामा नम्बर १ ब्याटर
 टी–२० अलराउन्डर वरीयतामा दोस्रो स्थानमा फर्किए दीपेन्द्र
 टी–२० अलराउन्डर वरीयतामा दोस्रो स्थानमा फर्किए दीपेन्द्र
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पाक्वेटाले पाए स्पट फिक्सिङमा सफाइ
पाक्वेटाले पाए स्पट फिक्सिङमा सफाइ
बंगलादेशले नेदरल्यान्ड्ससँग टी–२० आई सिरिज खेल्ने
बंगलादेशले नेदरल्यान्ड्ससँग टी–२० आई सिरिज खेल्ने
रोनाल्डोलाई जितको भोक
रोनाल्डोलाई जितको भोक
भारोत्तोलनको नेतृत्वमा कानन
भारोत्तोलनको नेतृत्वमा कानन
एनपिएलको हिसाब : २८ करोड आम्दानी, क्यानलाई साढे २ करोड नाफा
एनपिएलको हिसाब : २८ करोड आम्दानी, क्यानलाई साढे २ करोड नाफा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP