एजेन्सी । इटालियन सिरी 'ए' क्लब नापोलीले क्लबको मुख्य प्रशिक्षकमा गेनारो गाटुसोलाई नियुक्त गरेको छ ।
मुख्य प्रशिक्षक कार्लोस एन्सेलोटीलाई मंगलबार बर्खास्त गरेको नापोलीले गाटुसोलाई नियुक्त गरेको हो ।
एसी मिलानका पूर्व प्रशिक्षक गाटुसो ६ महिनाका लागि मुख्य प्रशिक्षक चयन भएको जनाईएको छ ।
च्याम्पियन्स लिग अन्तर्गत जेन्कविरुद्ध ४-० को जितसँगै नापोलीले एन्सेलोटीलाई बर्खास्त गरेको थियो । च्याम्पियन्स लिगमा क्लबलाई नकआउट चरणमा पुर्राए लगत्तै एन्सेलोटी बर्खास्तीमा परेका थिए ।