काठमाडौं । नेपाली राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ रहेको टिम पञ्जाब एफसीले हिरो आईलिगमा पहिलो जित दर्ता गरेको छ ।
मंगलबार भएको खेलमा साविक विजेता चेन्नई सिटीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । पञ्जाबलाई जित दिलाउन दिपान्दा डिक्का, थाईवा सिंह र सर्जियो बार्बोजाले एक एक गोल गरे ।
यस्तै पन्जाबको जितमा किरणले उत्कृष्ट प्रदर्शन गरे । लिगको तेस्रो खेलपछि प्लेईङ सेटमा परेका किरणको उत्कृष्ट प्रदर्शनले पञ्जाबले तीन अंक जोडेको हो । किरण म्यान अफ दि म्याच चुनिए ।
जितसँगै पञ्जाबले तीन खेलमा ४ अंक जोडेको छ । पन्जाब अंक तालिकाको ५ औं स्थानमा रहेको छ ।
यस अघि भएको पहिलो खेलमा पन्जाबले हार व्यहोरेको थियो । यस्तै दोस्रो खेलमा बराबरी खेलको थियो ।
पन्जाबले रिलिज नगरेपछि किरणले घरेलु भूमिमा सम्पन्न १३ औं साग भने खेलेका थिएनन् ।