काठमाडौं । नेपाली यू-२३ राष्ट्रिय फुटबल टिमले जापानको एमेच्योर क्लबको टिमसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुसार बिहिबार यू-२३ टिमले जापानको एमेच्योर क्लबसंग खेल्नेछ ।
खेल दशरथ रंगशालामा हुनेछ ।
जापानी क्लबबाट भने जे लिग खेलिसकेका खेलाडीहरु रहने बताईएको छ ।