काठमाडौं। १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनलमा नेपालले अहिले भुटानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले २-१ को अग्रता बनाएको छ । खेलको दोस्रो हाफमा सुनिल बलको गोलमा नेपालले अग्रता बनाएको हो ।
यस अघि खेलको १६ औं मिनेटमा अभिषेक रिजालको गोलमा नेपालले अग्रता बनाएको थियो ।
तर, भुटानका कप्तान चेन्चो ग्याल्सेनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।