पोखरा । नेपाली राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन् ।
नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा नेपाललाई स्वर्ण दिलाउन असफल भएपछि खड्काले मुख्य प्रशिक्षक पदबाट राजीनामा घोषणा गरेका हुन् ।
पोखरा रंगशालामा सोमबार भएको फाइनलमा नेपाल भारतसँग २-० ले पराजित हुँदै रजतमा सिमित बनेको थियो ।
भारतसँग पराजित भएपछि पोस्ट म्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक खड्काले पद छाडेको घोषणा गरेका हुन् ।
'हारको जिम्मेवारी लिदैँ आजैका मितिबाट महिला टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएको छु,' प्रशिक्षक खड्काले राजीनामा दिदैं भने, 'प्रशिक्षकबाट राजीनामा दिएपनि फुटबलमा भने कुनै न कुनै भुमिकामा रहनेछु ।'