• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
दौड
  • गृहपृष्ठ
  • दौड
'इख र मेहेनतले फिर्ता आएको स्वर्ण'
खेलपाटी संवाददाता
शुक्रबार, मंसिर २०, २०७६ खेलपाटी संवाददाता
'इख र मेहेनतले फिर्ता आएको स्वर्ण'

काठमाडौं । नेपाली ट्रयाक एन्ड फिल्डमा पूर्व धावक राजेन्द्र भण्डारी सफल मानिन्छ । सँगै विवादित पनि ।

श्रीलंकाको कोलम्बोमा सन् २००६ मा भएको दशौँ दक्षिण एसियाली खेलकुद (साग) मा राजेन्द्रले ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए। तर, पछि डोपिङमा परेपछि उनको पदक खोसिएको थियो । राजेन्द्र कुन विषयमा डोपिङमा परे त्यो अझै रहस्यमा छ ।

राजेन्द्रले श्रीलंकामा स्वर्ण जितेपछि उक्त स्पर्धामा नेपालले सागमा स्वर्ण ल्याउन सकेको थिएन् । तर, शुक्रबार गोपीचन्द्र पार्कीले नेपाललाई ५ हजार मिटरमा स्वर्ण दिलाए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारत र नेपालकै हरि रिमाललाई पछि पार्दै गोपीले स्वर्ण जिते ।

गोपीले ५ हजार मिटर दौडमा स्वर्ण जितेसँगै नेपालले १३ वर्षपछि राजेन्द्रबाट खोसिएको स्वर्ण फिर्ता ल्याउन सफल भयो ।

राजेन्द्रको स्वर्ण फिर्ता ल्याउन भने गोपीको मेहेनत र इख दुवै छ ।

'दशौं सागमा भण्डारी सर (राजेन्द्र भण्डारी) ले पदक ल्याएर पनि डोपिङमा परेपछी फिर्ता भयो । त्यो समाचार भाइरल भएको थियो र स्कुलमा सरले यसबारे बताउँदा मैले एथ्लेटिक्स खेल बुझेको थिए,' स्वर्ण जितेपछि गोपीले सुनाए, 'पदक खोसिएछ अब म ल्याएर देखाउँछु भनेर इख बस्यो ।'

स्वर्ण जित्ने क्रममा गोपीले निर्धारित दुरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गरे । पार्कीले जितेको स्वर्ण नेपालले मध्यम दूरीको दौडमा जितेको पहिलो स्वर्ण पदक हो ।

तर, खोसिएको पदक फिर्ता ल्याउन गोपीले १४ वर्ष मेहेनत गरेका छन् ।

'दौडिएपछि मैले ५ किमीमा राष्ट्रको लागि खोसिएको पदक फिर्ता गर्नु पर्छ भन्ने लाग्यो । म्याराथनमा त हाम्रो पदक छँदै छ भनेर मैले ५ किमी नै खेल्न फेरी तल झरें । आजसम्म १४ वर्षको तयारिमा यो पदक हात पारे,' गोपीले भने ।

गोपीले भारत र श्रीलंकाका कठिन प्रतिद्वन्दीविरुद्ध योजना बनाएर दौडिएकोले स्वर्ण जित्न सफल भएको बताए ।

यस्तै गोपीको अबको लक्ष्य भनेको बैकुण्ठ मानन्धरको कीर्तिमान तोड्नु रहेको छ । त्यसको लागि उनले तयारी गरिसकेका छन् ।

'बैकुण्ठ गुरुले कीर्तिमान नेपालीले नै भंग गरोस भन्ने सोच्नु भएको छ अबको लक्ष्य भनेको उहाको कीर्तिमान ब्रेक गर्ने हो । अब म्याराथनमा जान्छु ,' गोपीले लक्ष्य सुनाए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वीर गणेशमान सिंह १० किमी दौड असार १४ गते
वीर गणेशमान सिंह १० किमी दौड असार १४ गते
तेस्रो संस्करणको शैलुङ अल्ट्रा रेस शनिबार
तेस्रो संस्करणको शैलुङ अल्ट्रा रेस शनिबार
‘लाङटाङ ट्रेल रन' जेठ २४ गते
‘लाङटाङ ट्रेल रन' जेठ २४ गते
नेपाल हेरिटेज रन हुने
नेपाल हेरिटेज रन हुने
पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौड
पञ्चकन्या जिल्लास्तरीय क्रसकन्ट्री दौड
त्रिशूली अल्ट्रा रेस चैत २३ मा
त्रिशूली अल्ट्रा रेस चैत २३ मा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा पुग्यो खेल
तेस्रो सुपर ओभरमा पुग्यो खेल
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सुपर ओभरमा २० रनको लक्ष्य
सुपर ओभरमा २० रनको लक्ष्य
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP