काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबलमा बंगलादेश र माल्दिभ्सले बराबरी खेल्दै अंक बाडेका छन् ।
मंगलबार भएको खेलमा बंगलादेश र माल्दिभ्सले १-१ गोलको बराबरी खेलेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशले खेलको ३० औं मिनेटमा माल्दिभ्सको कप्तान अक्रम अब्दुल घानीको आत्मघाती गोलबाट अग्रता लिएको थियो ।
तर, खेलको ७० औं मिनेटमा इब्राहिम महोदीले गोल गर्दै माल्दिभ्सलाई खेलमा फर्काए ।
बराबरीसँगै दुवै टोलीले एक एक अंक बाडेका छन् ।
पहिलो खेलमा बंगलादेश भुटानसँग पराजित भएको थियो । माल्दिभ्सले श्रीलंकासँग बराबरी खेलेको थियो ।