काठमाडौं । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को पुरुष फुटबलमा नेपालले अहिले भुटानसँग प्रतिस्पर्धा गरिरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफको खेल सकिदा नेपालले १-० को अग्रता बनाएको छ ।
नेपालले सुजल श्रेष्ठको गोलमा अग्रता बनाएको हो ।
खेलको पाँचौ मिनेटमा सुजल श्रेष्ठले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।
भुटानले पहिलो खेलमा बंगलादेशलाई हराएको थियो ।