एजेन्सी । साविक विजेता बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार राति भएको खेलमा एट्लेटिको मड्रिडमाथि १-० गोलको साँघुरो जित निकाल्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो ।
एट्लेटिकोको मैदानमा भएको खेलमा बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८६ औं मिनेटमा मेस्सीले गोल गरेका थिए ।

जितसँगै बार्सिलोनाले १४ खेलबाट ३१ अंक जोडेको छ । बार्सिलोना रियल मड्रिडलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो ।
दोस्रो स्थानको रियलको पनि ३१ अंक छ । तर, गोल अन्तरमा बार्सिलोना अघि रहेको छ । एट्लेटिको २५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
