नेक्सस एजुकेशन फाइनलमा
धनगढी । नेक्सस एजुकेशन धनगढीमा जारी गन्तव्य एमर्जिङ कप फुटसल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको सेमिफाइनलमा नेक्ससले त्रिनगर माविलाई ४–२ ले पराजित गर्यो । यस अघि नेक्ससले क्वाटरफाइनलमा लिटल फ्लावरलाई ७–३ ले हराएको थियो ।
त्रिनगरले भने क्वाटरफाइनलमा टेम्पल होटेल म्यानेजमेन्टलाई ६–३ ले हराएको थियो ।
अब उपाधिका लागि नेक्ससले हिलवल्र्ड स्कुल र आईएचआईटी कलेजबीचको विजेतासँग आइतबार खेल्नेछ ।
हिलवल्र्ड र आईएचआईटीबीचको सेमिफाइनल खेल शनिबार भएपनि हिलवल्र्डविरुद्ध उजुरी परेपछि नतिजा निस्कन सकेन् ।
शनिबार हिलवल्र्डले आईएचआईटीलाई ७–३ ले पराजित गरेको थियो । तर, हिलवल्र्डका खेलाडी प्रदिप मडै कैलाली वहुमुखी क्याम्पसमा पढिरहेको भन्दै आईएचआईटीले उजुरी हालेपछि आयोजकले छानबिन गर्दै आइतबार निर्णय गर्ने जनाएको छ ।
प्रतियोगिताको विजेताले २२ हजार दुई सय २२ रुपैयाँ तथा उपविजेताले ११ हजार एक सय ११ रुपैयाँ नगद सहित ट्रफी पाउनेछ ।






-1759666509639.jpg&w=3840&q=75)


-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)


