मंगलबार, १२ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

साम्बाले भनिन्– मलाई पैसा पुग्यो, अब सहयोग पर्दैन

मंगलबार, १२ फाल्गुण २०८२खेलपाटी संवाददाता
साम्बाले भनिन्– मलाई पैसा पुग्यो, अब सहयोग पर्दैन
Loading ad...
mustang rice ad

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले आफ्नो उपचारका लागि रकम पुगिसकेको बताएकी छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत उनले उपचारका लागि पाएको अपार साथ, विश्वास र आर्थिक सहयोगप्रति आभार व्यक्त गर्दै अब सहयोग रकम रोकिदिन आग्रह गरेकी हुन्। उनले पछिल्लो २४ घन्टामा पाएको माया र समर्थनलाई शब्दमा व्यक्त गर्न नसकिने बताएकी छन्।

साम्बाका अनुसार नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी र विदेशी प्लेटफर्ममा करिब ४५ लाख रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) संकलन भएको छ।

‘विभिन्न संघ–संस्था तथा प्रायोजकहरूले नगद र सुविधा सहयोगको वाचा गर्नुभएको छ। कतारमा उपचारका क्रममा आवास र यातायात व्यवस्थापनका लागि पनि सहयोग सुनिश्चित भइसकेको छ। त्यसैले आजैदेखि दुवै खातामा सहयोग रकम जम्मा गर्न रोकिदिन आग्रह गर्छु,’ उनले भनेकी छन्।

न्युजिल्यान्डको वेलिङ्टन फिनिक्स फुटबल क्लबबाट अस्ट्रेलियाको निन्जा ‘ए’ लिग खेल्ने क्रममा साम्बा गत पुस तेस्रो साता घाइते भएकी थिइन्। उनी ब्रिस्बेन रोअरविरूद्धको खेलका क्रममा विपक्षी टोलीकी गोलकिपरसँग ठोक्किएकी हुनन्।

उनको दाहिने घुँडाको एसीएल पूर्ण रूपमा च्यातिएको छ। सिजनका सबै खेल गुमाएकी उनलाई यो चोट निको भएर पुन: मैदानमा फर्कन कम्तीमा ९ देखि १२ महिना लाग्नेछ। तर, दुई महिनासम्म पनि उपचार नभएपछि साम्बाले सामाजिक सञ्जालमार्फत एन्फाले कतारस्थित एस्पटर हस्पिटलमा उपचार गर्न जान सहयोग नगरेको भन्दै समर्थकसँग आर्थिक रकम जुटाइदिन अपिल गरेकी थिइन्।

त्यसयता आर्थिक सहयोग जुटिरहेको थियो। उनी आबद्ध क्लबले शल्यक्रिया र पुनर्स्थापनाका लागि बीमा रकम निकासा गर्नुका साथै थप सहयोग गरिरहेको छ। चाँडै नै शल्यक्रियाको मिति तय भएर प्रक्रिया अघि बढ्नेमा उनी विश्वस्त छिन्।

यो चोटले आफूलाई शारीरिक मात्र नभई मानसिक रूपमा पनि थकाएको उल्लेख गर्दै समर्थकहरूको साथले फेरि उठ्ने साहस दिएको साम्बाले बताइन्। ‘म फर्कनेछु, अझ मजबुत भएर फर्कनेछु,” उनले भनिन्,‘पुनः नेपालको जर्सी लगाएर मैदानमा उत्रिनेछु।’

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एन्फा महिला लिग चैत पहिलो सातादेखि

एन्फा महिला लिग चैत पहिलो सातादेखि

कालोपट्टि बाँधेर मैदान प्रवेश गर्न लागेका खेलाडीलाई एन्फाले रोक्यो

कालोपट्टि बाँधेर मैदान प्रवेश गर्न लागेका खेलाडीलाई एन्फाले रोक्यो

‘लिग त गराउन सकेको छैन, खेलाडीको उपचारमा मद्दत त गर’

‘लिग त गराउन सकेको छैन, खेलाडीको उपचारमा मद्दत त गर’

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एन्फा महिला लिग चैत पहिलो सातादेखि

एन्फा महिला लिग चैत पहिलो सातादेखि

कालोपट्टि बाँधेर मैदान प्रवेश गर्न लागेका खेलाडीलाई एन्फाले रोक्यो

कालोपट्टि बाँधेर मैदान प्रवेश गर्न लागेका खेलाडीलाई एन्फाले रोक्यो

साम्बाले भनिन्– मलाई पैसा पुग्यो, अब सहयोग पर्दैन

साम्बाले भनिन्– मलाई पैसा पुग्यो, अब सहयोग पर्दैन

‘लिग त गराउन सकेको छैन, खेलाडीको उपचारमा मद्दत त गर’

‘लिग त गराउन सकेको छैन, खेलाडीको उपचारमा मद्दत त गर’

‘साम्बा’ले विदेशबाट उठाइन् ४३ लाख बढी रकम

‘साम्बा’ले विदेशबाट उठाइन् ४३ लाख बढी रकम

नेपालले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने

नेपालले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने

‘एन्फाले दुई महिना झुलायो, अब पैसा दिन्छु भने पनि लिदिनँ’

‘एन्फाले दुई महिना झुलायो, अब पैसा दिन्छु भने पनि लिदिनँ’

भिनिसियसलाई ‘बाँदर’ भनेको आरोपमा प्रेस्टियानीलाई कारबाही

भिनिसियसलाई ‘बाँदर’ भनेको आरोपमा प्रेस्टियानीलाई कारबाही