एन्फा महिला लिग चैत पहिलो सातादेखि
मंगलबार, १२ फाल्गुण २०८२खेलपाटी संवाददाता

काठमाडौं। सहिद स्मारक एन्फा महिला लिग चैत पहिलो सातादेखि हुने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार लिग ४ चैतदेखि हुने जनाएको हो। एन्फा कम्प्लेक्स सातदोबाटोमा सहभागी क्लबहरूसँग भएको छलफलपछि लिगको मिति तय गरिएको एन्फाले जनाएको छ।
प्रतियोगितामा सहभागी हुने क्लबहरूले न्यूनतम खेलाडी दर्ता फागुन २९ भित्र गर्नु पर्ने सहमति पनि भएको छ।











-1771901440027.webp&w=3840&q=75)