कालोपट्टि बाँधेर मैदान प्रवेश गर्न लागेका खेलाडीलाई एन्फाले रोक्यो
मंगलबार, १२ फाल्गुण २०८२खेलपाटी संवाददाता
काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’लाई उपचार नगर्दिएको भन्दै कालोपट्टि बाँधेर मैदान प्रवेश गर्न लागेका खेलाडीलाई रोकिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी राष्ट्रिय लिगमा फ्रेन्ड्स क्लबका खेलाडी कालोपट्टि बाँधेर खेल्न मैदान उत्रिन लागेका थिए। तर, अखिल नेपाल फुटबल संघ (एन्फा)का अफिसियलले उनीहरुलाई रोकेका हुन्।
‘साम्बाको सोलिडारिटीका लागि हामीले कालोपट्टि बाँधेर मैदानमा प्रवेश गर्न खोज्दा एन्फाले रोक लगाएको छ। कालोपट्टि बाँधेर खेल्नु नियम विपरीत हो भन्दै एन्फाले रोक लगाएको हो,’ फ्रेन्ड्सका एक पदाधिकारीले भने।












-1771901440027.webp&w=3840&q=75)