काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य अन्जन बिष्ट र उनका दाजु रन्जन बिष्टले यस सिजनको 'ए' डिभिजन लिग मनाङ मर्स्याङ्दी क्लबबाट खेल्ने भएका छन् ।
मनाङले यस सिजनका लागि मिडफिल्डर अन्जनसँग अनुबन्ध सम्झौतामा नवीकरण गरेका छन् ।
यस्तै पूर्व राष्ट्रिय टिमका फरवार्ड रन्जन पहिलो पटक मनाङमा अनुबन्धित भएका हुन् । रन्जनले गत सिजन थ्री स्टारबाट खेलेका थिए ।
मनाङका ब्यवस्थापक कुमार भट्टराईले अन्जनसँग सम्झौता नवीकरण र रन्जनलाई यस सिजनका लागि अनुबन्ध गरेको जानकारी गराए ।
मनाङले गोलकिपर दिप कार्कीसँग पनि अनुबन्ध नवीकरण गरेको छ ।
मनाङले यस अघि डिफेन्डर आदित्य चौधरीलाई अनुबन्ध गरिसकेको छ । त्यस्तै डिफेन्डर कमल श्रेष्ठ र सुरज विश्वकर्माको सम्झौता नविकरण गरेको थियो ।
त्यस्तै मनाङले मुख्य प्रशिक्षकमा नाईजेरियाका फुजा तापेलाई पुन: अनुबन्ध गरेको छ ।
गत सिजन मनाङले 'ए' डिभिजन लिग जित्दा फुजा टिमको मुख्य प्रशिक्षक रहेका थिए । लिगपछि मनाङले छिरिङ लोप्साङलाई मुख्य प्रशिक्षक चयन गरेको थियो ।