• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
एकदिवसीयमा डेब्यु : 'एक जुगमा आउने एक दिन '
खेलपाटी संवाददाता
मंगलबार, साउन १५, २०७५ खेलपाटी संवाददाता
एकदिवसीयमा डेब्यु : 'एक जुगमा आउने एक दिन '

काठमाडौं । सायद, सपना नदेख्ने को होला र ? धेरैले सपना देखेका हुन्छन्, सपना बोकेका हुन्छन् ।

कतिको सपना पुरा हुन्छ, कतिको अधुरै रहन्छ ।

नेपाली क्रिकेटले पनि एक सपना देखेको थियो । जुन, बुधबार पुरा हुँदैछ ।

 यसको मतलब, नेपालले बुधबार इतिहासमै पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै छ ।

र, यो नेपाली क्रिकेटको बर्षौको सपना थियो ।

एकदिवसीय क्रिकेटको डेब्यु खेल खेल्न नेपाली टोली नेदरल्याण्डको एमस्ट्राडम पुगिसकेको छ ।

नेपालले घरेलु टोलीविरुद्ध बुधबार पहिलो र शुक्रबार दोस्रो गरी दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ ।

यो खेल नेपाली क्रिकेटले २२ बर्षअघि देखेको सपना हो ।

गत फेब्रुअरीमा जिम्बावेमा भएको विश्वकप छनोटबाट नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) बाट एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको थियो ।

छनोटमा एसोसिएटतर्फ उत्कृष्ट तीन टोलीमा रहेर नेपालले ऐतिहासिक सफलता पाएको थियो । चार बर्षको लागि नेपालले पाएको मान्यता यहीँ जुलाईबाट लागु भएको हो ।

नेपालले एकदिवसीय मान्यता पाएपछि नेदरल्याण्डले ऐतिहासिक क्षणको लागि आथित्यमा प्रदान गरेको हो ।

नेपालले पहिलो खेलमा बुधबार अपरान्ह घरेलु टोलीविरुद्ध खेल्नेछ । भीआरए क्रिकेट मैदानमा  हुने खेल नेपाली समयअनुसार २:४५ मा सुरु हुनेछ । जुन, खेल नेपाली क्रिकेटको पर्खाइको खेल हो ।

एकदिवसीय क्रिकेटको पहिलो खेल डेब्युको लागि मात्र महत्वपूर्ण रहने छैन ।

यो नेपाली क्रिकेटको भावी पुस्तासंग समेत जोडिने गर्छ । नेपालको लागि यो २२ बर्षको मेहेनत समेत हो ।

किनकी नेपाली क्रिकेटले यो ठाउमा स्थान बनाउन निकै संघर्ष गरेको छ ।

कप्तान पारस खड्का भन्छन् , 'हामीले एकदिवसीय राष्ट्र बन्न कडा मेहेनत गरेका छौं र नेदरल्याण्डसंगको खेल हाम्रो लागि क्षमता देखाउने मौका र अनुभव हुनेछ ।'

नेपाल डेब्यु खेलमा जित निकाल्दै आफ्नो शानदार सुरुवातको योजनामा हुनेछ । यसलाई सफलता दिलाउन नेपाली टोलीले निकै मेहनत पनि गरेको छ ।

आइसीसीसंग कप्तान पारसले भनेका छन्, 'आशा छ हामीले पहिलो खेलमा राम्रो गर्ने छौं ।'

सन् १९८८ मा आईसीसीको सदस्य बनेको नेपालले सन् १९९६ मा पहिलोपटक एसोसियट राष्ट्रको मान्यता  पाएको थियो । र,  नेपालको २२ वर्षे क्रिकेट यात्रामा यो सबैभन्दा ठूलो उपलब्धि हो ।

यसबीचमा नेपाली क्रिकेटले धेरै आरोह र अवरोह पार गर्यो । नेपालले केहि सफलता र केहि दुखद घटनाको सामना गर्यो ।

टी- ट्वान्टी विश्वकप खेलेको नेपाली क्रिकेटले संघको विवाद र निलम्बनसम्मको अवरोह खेपेको छ । 

सन् २००८ बाट विश्व क्रिकेट लिग डिभिजन-५ खेल्दै नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो यात्रा फराकिलो बनाएको थियो ।

तर, नेपाललाई डिभिजन-५ को उपाधि जित्न दुई बर्ष लागेको थियो ।

सन् २०१० को डिभिजन-५ मा अमेरिकालाई हराएर नेपालले ट्रफीसहित डिभिजन-४ मा स्थान पक्का गरेको थियो ।

यस्तै नेपाललाई डिभिजन-३ मा प्रवेश पाउन दुई बर्ष नै लागेको थियो ।

सन् २०१२ मा मलेसियामा भएको डिभिजन-४ को उपाधि जितेपछि नेपाल डिभिजन-३ मा बढुवा भएको थियो ।  त्यसपछि सन् २०१३ मा नेपालले डिभिजन-३ को उपाधि जित्दै डिभिजन-२ को यात्रा तय गरेका थिए ।

डिभिजन-३ मा प्रवेश गरेको अर्को बर्ष नेपालकी क्रिकेटको लागि ऐतिहासिक बर्ष भएको थियो ।

किनकी नेपालले पहिलोपटक आइसीसीको सबैभन्दा ठुलो प्रतियोगिता विश्वकप खेलेको थियो ।

सन् २०१४ मा बंगलादेशमा भएको टी-ट्वान्टी विश्वकप खेल्न पाउनु नेपालको पहिलो ऐतिहासिक क्षण थियो ।

समूह चरण पार गर्न नसकेपनि नेपालले हङकङलाई ८० रनले हराएर सबैको ध्यान आकर्षित गरेका थिए ।

उक्त विश्वकपमा हङकङका तीन ब्याट्सम्यानलाई पेभेलियन फर्काएर नेपाललाई जित दिलाउने बलर शक्ति गौचन यही नेदरल्याण्डसंगको सिरिजबाट सन्यास लिदैछन् ।

भेट्रान बलर शक्तिले यो अन्तिम विदेश भ्रमण रहेको घोषणा गरिसकेका छन् ।

विश्वकप खेलेको अर्को बर्ष नेपालले सन् २०१५ देखि २०१७ सम्म चलेको आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्यो ।

नेपालको प्रदर्शन उच्च हुन् सकेन तर नेपालले अन्तर्राष्ट्रिय खेल खेल्ने अवसर भने पाईरह्यो ।

जसमा नतिजा नेपालले डिभिजन-२ मा प्राप्त गर्यो ।

नामिवियामा फेब्रुअरीमा भएको डिभिजन–२ मा नेपालले उपाधि त जित्न सकेन ।

तर, उपविजेता बन्दै नेपाल जिम्बावे विश्वकप छनोट प्रतियोगितामा पुगेको थियो । त्यहि विश्वकप छनोटले नेपालको एकदिवसीय सपना पुरा गरेको छ ।

एकदिवसीय मान्यता पाएर हौसिएको नेपालले अब टेष्ट राष्ट्र बन्ने लक्ष्य राखेको छ ।

तर, नेपाललाई यो अवसरलाई जोगाउन नै चुनौती हुनेछ ।  

कप्तान पारसले समेत यो कुरालाई ख्याल गरेका छन् ।

'नेदरल्याण्डसंगको पहिलो एकदिवसीय खेल नेपालको लागि नयाँ सुरुवात हो । हामी यो स्थानमा आउन चाहेका थियौं । तर, हामीलाई अब अगाडी बढ्न थप चुनौती छ,' आइसीसीसंग कप्तान पारसले भनेका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बंगलादेशले नेदरल्यान्ड्ससँग टी–२० आई सिरिज खेल्ने
बंगलादेशले नेदरल्यान्ड्ससँग टी–२० आई सिरिज खेल्ने
एनपिएलको हिसाब : २८ करोड आम्दानी, क्यानलाई साढे २ करोड नाफा
एनपिएलको हिसाब : २८ करोड आम्दानी, क्यानलाई साढे २ करोड नाफा
नेपालले महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने
नेपालले महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता आयोजना गर्ने
क्यानको बोर्ड बैठक मूलपानीमा सुरू
क्यानको बोर्ड बैठक मूलपानीमा सुरू
अभिषेक टी–२० आई वरीयतामा नम्बर १ ब्याटर
अभिषेक टी–२० आई वरीयतामा नम्बर १ ब्याटर
 टी–२० अलराउन्डर वरीयतामा दोस्रो स्थानमा फर्किए दीपेन्द्र
 टी–२० अलराउन्डर वरीयतामा दोस्रो स्थानमा फर्किए दीपेन्द्र
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पाक्वेटाले पाए स्पट फिक्सिङमा सफाइ
पाक्वेटाले पाए स्पट फिक्सिङमा सफाइ
बंगलादेशले नेदरल्यान्ड्ससँग टी–२० आई सिरिज खेल्ने
बंगलादेशले नेदरल्यान्ड्ससँग टी–२० आई सिरिज खेल्ने
रोनाल्डोलाई जितको भोक
रोनाल्डोलाई जितको भोक
भारोत्तोलनको नेतृत्वमा कानन
भारोत्तोलनको नेतृत्वमा कानन
एनपिएलको हिसाब : २८ करोड आम्दानी, क्यानलाई साढे २ करोड नाफा
एनपिएलको हिसाब : २८ करोड आम्दानी, क्यानलाई साढे २ करोड नाफा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP