काठमाडौं । नेपाली यू-१९ राष्ट्रिय फुटबल टिमका स्ट्राइकर दिपेश आले मगर एक महिना मैदान बाहिर रहने भएका छन् ।
इरानमा भएको एएफसी यू-१९ च्याम्पियनसिप छनोट अन्तर्गत किर्गीस्तानविरुद्ध चोट बोकेपछि दिपेश एक महिना मैदान बाहिर रहने भएका हुन् ।
आइतबार किर्गीस्तानविरुद्ध दिपेश ७५ औं मिनेटमा घाइते भएका थिए । विपक्षी खेलाडीसँग ठोक्किएर लड्न पुग्दा दिपेशको बाँया हातमा चोट लागेको थियो ।
चोट बोके लगत्तै उनलाई सारिम वुमन अस्पताल लगिएको थियो । अस्पतालले उनको हात पूर्णरुपमा ठिक हुन करिब एक महिना लाग्ने अस्पतालले जनाएको छ ।
त्यस्तै, अर्का खेलाडी रोशन दोङले पनि चोट बोकेका छन् । डिफेन्डर रोशनको दायाँ तिघ्राको मसल्स च्यातिएको बताईएको छ ।
