काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द रहेको पर्सिजा जकार्ताले इन्डोनेसियन लिगा वानमा सहज जित निकालेको छ ।
लिग अन्तर्गत सोमबार भएको खेलमा जकार्ताले पुसमानिया बोर्नेओलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।
जकार्ताको जितमा मार्को सिमिक एक्लैले ह्याट्रिकसहित ४ गोल गरे । बोर्नेओका माटिआस कोन्टी र जुवान अल्सिनाले एक एक गोल फर्काए ।
जितसँगै साविकको विजेता समेत रहेको जकार्ताले २६ खेलमा ३१ अंक जोडेको छ । र, जकार्ता लिगको १२ औं स्थानमा उक्लिएको छ ।
२७ खेलबाट ४२ अंक जोडेको बोर्नेओ लिगको चौंथो स्थानमा रहेको छ ।
