धनगढी । सुदूरपश्चिम-११ स्पोर्टस क्लबले भारतमा भएको अलइन्डिया काली कुमाउ कप फुटबलको उपाधि जितेको छ ।
आईतबार भएको फाईनलमा देहरादुन क्लबलाई ६-१ गोल अन्तरले पराजित गर्दै सुदूरपश्चिम-११ च्याम्पियन बनेको हो ।
सुदूरपश्चिमको जितमा विक्रम सिंहले ५ गोल गरे । यस्तै कमल देउवाले एक गोल गरेका थिए ।
उपाधिसँगै सुदूरपश्चिमले १ लाख भारु प्राप्त गरेको छ । उपविजेताले ५० हजार भारुमा चित्त बुझायो ।