काठमाडौं । नागर्जुन नगरपालिका वडा ६ ‘ए’ र वडा ७ ‘ए’ प्रथम नागर्जुन मेयर कप फुटबल प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
युथ हसन्टार क्लबद्वारा आयोजित प्रतियोगितामा वडा ६ ‘ए’ ले वडा ७ ‘बी’ लाई २–१ गोलले पराजित गर्यो । विजयी टिमका लागि दुवै गोल राज पौडेलले गरे । वडा ७ ‘बी’ का सलिल घलेले एक गोल फर्काए ।
अर्को खेलमा वडा ७ ‘ए’ ले वडा ६ ‘बी’ लाई ४–१ गोलले हरायो । विजेताका सुवास लामा, सागर लामा र विजु लामाले १–१ गोल गरे । एक गोल आत्माघाती रह्यो ।