काठमाडौं । ईरानमा भएको एएफसी यू–१९ फुटबल च्याम्पियनसिप छनोटको अन्तिम खेलमा नेपालले बराबरी खेलेको छ ।
आईतबार साँझ तेहरानस्थित पीएएस रंगशालामा समूह चरणकाे अन्तिम खेलमा नेपालले कीर्गिस्तानसंग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।
सुरुवाती दुई खेलमा पराजित हुँदै नेपाल छनोटबाट बाहिरिसकेको थियो ।
अन्तिम खेल नेपालका लागि सुखद बिदाई जस्तै थियो ।
अन्तिम खेलमा गोल रहित बराबरी खेल्दै नेपालले अंक बाँडेको हो । खेलको अन्तिम समयतिर पाएको केही अवसरहरु गुमाउँदा नेपालले अंक बाँड्न परेको हो ।
सुरुवाती दुई खेलमा नेपाल युएई र ईरानसंग समान ४–० गोल अन्तरले पराजित भएको थियो ।
नेपालले प्रतियोगितामा एक गोल गर्न समेत सकेन ।
समूह डीमा रहेको नेपालले एक अंक जोड्दै घर फर्कियो ।
कीर्गिस्तानले ७ अंक जोड्यो ।
समूहको शीर्ष टिमले फाईनल चरणमा स्थान बनाउनेछन् ।