काठमाडौं । इरानमा जारी एएफसी यू-१९ च्यापिम्पयनसिप छनोटको अन्तिम खेलमा नेपालले अहिले किर्गीस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।
तेहरानस्थित पीएएस रंगशालामा किर्गीस्तानसँग हुने खेलका लागि नेपालले सुरुवाती-११ को घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक मेघ राज केसीले इरानसँग खेलेको टिमलाई नै किर्गीस्तानसँग मैदान उतार्ने भएका छन् ।
छनोटको सुरुवाती दुई खेलमा पराजय व्यहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा किर्गीस्तानसँग खेल्न लागेको हो ।
किर्गीस्तानविरुद्ध नेपाल सान्त्वना जितको खोजीमा रहेको छ । तर, बलियो किर्गीस्तानविरुद्ध नेपाललाई जित निकाल्न कठिन भने रहेको छ ।
समूह 'डी' मा रहेको नेपालले २ खेलमा अंक जोड्न सकेको छैन । नेपाल समूहको पुछारमा रहेको छ । तर, अन्तिम खेलमा नेपाल कम्तिमा एक अंक जोड्न चाहन्छ ।
किर्गीस्तान २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
छनोटमा नेपालले पहिलो खेलमा युएई र दोस्रो खेलमा इरानसँग समान ४-० गोलको हार व्यहोरेको थियो ।
यस समूहको शीर्ष टिमले फाइनल चरणमा स्थान बनाउने छन् ।
नेपाली टिम :
मनिष डाँगी, रोशन दोङ, विकास खवास, पदम भट्टराई, मनिष थापा, राजिब लोप्चन, रेजिन सुब्बा, दिपेश आले मगर, नबिन गुरुङ, विशाल सुनार, आकाश बुढा मगर