एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा साविक विजेता वायर्न म्युनिखले फराकिलो जित निकालेको छ ।
शनिबार राती भएको खेलमा वायर्नले बोरुसिया डर्टमण्डलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा रोबर्टो लेवान्डोस्कीको गोलबाट वायर्नले १७ औं मिनेटमा सुरुवाती अग्रता बनाएको थियो । ४७ औं मिनेटमा सेर्गी गनाब्रेको गोलबाट वायर्नले अग्रता दोब्बर बनायो ।

पहिलो हाफमा २-० को अग्रता बनाएको वायर्नले दोस्रो हाफमा थप दुई गोल गर्यो । खेलको ७६ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै वायर्नलाई ३-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८० औं मिनेमा डर्टमण्डमा माट हुमेल्सले आत्मघाती गोल गर्दै वायर्न ४-० ले विजयी भयो ।
जितसँगै वायर्नले ११ खेलबाट २१ अंक जोडेको छ । र, वायर्न लिगको तेस्रो स्थानमा उक्लिएको छ । पाँचौं स्थानको डर्टमण्डको १९ अंक रहेको छ ।
