एजेन्सी । प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले आर्सनललाई हराएको छ ।
शनिबार राति घरेलु मैदानमा लेस्टरले आर्सनललाई २–० ले हराएको हो ।
उसको जितमा जेमी भार्डी र मेडिसनले एक एक गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
६८ औ मिनेटमा भार्डीले घरेलु टोलीलाई अग्रता दिलाएका थिए । चालू सिजनमा भार्डीको यो ११ औ गोल हो ।
७५ औ मिनेटमा गेम्स मेडिसनले लेस्टरको अग्रतालाई दोब्बर बनाएका थिए ।

जितपछि लेस्टर प्रिमियर लिगको दोस्रो स्थान उक्लिएको छ । उसले १२ खेलबाट २६ अंक जोडेको छ ।
शीर्ष स्थानको लिभरपुल भन्दा लेस्टर ५ अंकले पछाडी छ । आर्सनल १७ अंक सहित छैटौ स्थानमा छ ।
सन् २०१५–१६ को च्याम्पियन लेस्टरले पहिलो हाफमा गोलका धेरै अवसरहरु गुमाएको थियो ।

दोस्रो स्थानमा उक्लिएपनि प्रशिक्षक ब्रेन्डन रोडजरले लेस्टरले उपाधि दौडको बिषयमा केही नसेचेको बताएका छन् ।
'हामी टिमको विकास गर्न खोजिरहेका छौ । टिमलाई उत्कृष्ट बनाउने कोशिश गरिरहेका छौ । यदी मेरो समयमा हामीले युरोपियन फुटबल ल्याउन सक्यौ भने त्यो महान हुनेछ ।' उनले भने ।
'म यहाँ केही प्रभाव पार्न आएको हुँ । आशा गरौ त्यो केही बर्ष निरन्तर रहनेछ ।' रोडजरले थपे ।