एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा टोटेनहमले बराबरी खेल्दै अंक बाडेको छ ।
शनिबार भएको खेलमा टोटेनहमले सेफिल्ड युनाइटेडसँग १-१ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा टोटेनहमले बराबरी खेलेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५८ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

तर, खेलको ७८ औं मिनेटमा जर्ज बाल्डकले गोल गर्दै सेफिल्डलाई हारबाट जोगाए ।
यो हारसँगै टोटेनहमले १२ खेलबाट १४ अंक जोडेको छ । र, टोटेनहमले १२ औं स्थानमा रहेको छ । १२ खेलमा १७ अंक जोडेको सेफिल्ड भने पाँचौं स्थानमा उक्लिएको छ ।

यस्तै अर्को खेलमा एभर्टनले साउथह्याम्पटनलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।
त्यस्तै बर्नलीले वेष्ट ह्यामलाई ३-० ले पराजित गर्दा न्युकासलले बर्नेमाउथलाई २-१ ले हराएको छ ।
