काठमाडौं । नागर्जुन नगरपालिका वडा १ को ‘ए’ र वडा ५ को ‘बी’ टिम प्रथम मेयर कप फुटबल प्रतियोगितामा शनिबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
वडा १ ‘ए’ ले वडा ५ ‘ए’ लाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो ।
युथ हसन्टार क्लबद्वारा आयोजित प्रतियोगिताको अर्को खेलमा वडा ५ ‘बी’ ले वडा १० लाई २–१ गोलले हरायो ।
विजयी टिमका लागि अनिल घिमिरे र पारस बस्नेतले गोल गरे । वडा १० का रोजन मालीले सान्त्वना गोल फर्काए ।