एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ ।
शनिबार भएको खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई २-० गोल अन्तरले पराजित गरेको छ ।
घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन टामी अब्राहम र क्रिस्टियन पुलिसिचले समान १/१ गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा चेल्सीले दुई गोल गरेको थियो ।
५२ औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । त्यसपछि खेलको ७९ औं मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए ।

जितसँगै चेल्सी लिगको दोस्रो स्थानमा उक्लिएको छ । चेल्सीले १२ खेलबाट २६ अंक जोडेको छ ।
पराजित क्रिष्टल १२ खेलमा १५ अंक जोडेर लिगको नवौं स्थानमा रहेको छ ।

