काठमाडौं । तेस्रो संस्करणको चन्द्रागिरी मेयर गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक आयोजक दीपशिखा युवा समूह र ब्रिगेड ब्वाइजले प्रतिस्पर्धा गर्ने भएका छन् ।
आयोजक दीपशिखा युवा समूहले शनिबार निकालेको खेल तालिका अनुसार उद्घाटनमा आयोजक र ब्रिगेडबीच प्रतिस्पर्धा हुने भएको हो । उद्घाटन खेल कात्तिक ३० गते नैकाप खेल मैदानमा हुनेछ ।
आगामी मंसिर ७ गतेसम्म संचालन प्रतियोगितामा आयोजकको दुई टिमसहित 'ए' डिभिजनका क्लब गरि १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिता नकआउटका आधारमा हुनेछ ।
प्रतियोगिताको बिजेताले ६ लाख ५० हजार नगद प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले ३ लाख ५० हजार पाउने छन् ।
पहिलो संस्करणको उपाधि हिमालयन शेर्पा र दोस्रो संस्करणको उपाधि भ्याली च्यासल युथ क्लबले जितेको थियो ।
अखिल नेपाल फुटबल संघ एन्फाको वर्गीकरणमा 'सी' समूहमा पर्ने चन्द्रागिरी गोल्डकप मोफसलमा हुने सिजनको पहिलो प्रतियोगिता हो ।
खेल तालिका :
