एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (शनिबार) विभिन्न चार खेल हुँदैछ ।
ला लिगामा शनिबार साविक विजेता बार्सिलोना, उपाधि दाबेदार रियल मड्रिड, भ्यालेन्सिया लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
बार्सिलोनाले घरेलु मैदानमा सेल्टा भिगोको सामना गर्नेछ । बार्सिलोना र सेल्टाबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा बार्सिलोना सहज जितको खोजीमा हुनेछ । बार्सिलोना जित निकाल्दै शीर्ष स्थानमा उक्लन चाहन्छ ।
लिगको दोस्रो स्थानमा रहेको बार्सिलोनाले ११ खेलमा २२ अंक जोडेको छ । शीर्ष स्थानको रियल सोसिडाडको १३ खेलबाट २३ अंक रहेको छ ।
सेल्टा भिगो ९ अंक जोडेर लिगको रेलिगेसन क्षेत्रमा रहेको छ । सेल्टा बार्सिलोनालाई हराउँदै रेलिगेसन क्षेत्रबाट बाहिर निस्कन चाहन्छ ।
यस्तै रियलले इबरसँग उसैको मैदानमा खेल्नेछ । रियल र इबरबीचको खेल राति ११:१५ मा सुरु हुनेछ ।
इबरविरुद्ध रियल पनि जित निकाल्दै शीर्ष स्थानमा उक्लन चाहन्छ । तेस्रो स्थानको रियलको ११ खेलबाट २२ अंक रहेको छ ।
यता, इबर घरेलु मैदानमा रियललाई स्तब्ध बनाउदै अंक तालिका सुधार गर्न चाहन्छ । १२ खेलमा १५ अंक जोडेको इबर १४ औं स्थानमा रहेको छ ।
ला लिगा अन्तर्गत नै भ्यालेन्सियाले ग्रानडासँग खेल्नेछ । त्यस्तै डिपोर्टिभो अल्भेस र रियल भालाडोलिटसँग पनि प्रतिस्पर्धा गर्नेछ ।