एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज (शनिबार) विभिन्न ६ खेल हुँदैछ ।
लिगमा शनिबार आर्सनल, चेल्सी, लेष्टर सिटी, टोटेनहम लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
चेल्सीले घरेलु मैदानमा क्रिष्टल प्यालेसको सामना गर्नेछ । स्टामफोर्ड ब्रिजमा चेल्सी र क्रिष्टलको खेल नेपाली समय अनुसार बेलुका ६:१५ मा सुरु हुनेछ ।
चेल्सी घरेलु मैदानमा जित निकाल्दै लिगको दोस्रो स्थानमा उक्लन चाहन्छ । चौंथो स्थानको चेल्सीले ११ खेलमा २३ अंक जोडेको छ । जित निकाले म्यानचेस्टर सिटीलाई १ अंकले पछि पार्दै चेल्सी दोस्रो स्थानमा रहनेछ ।
यता, क्रिष्टल १५ अंक जोडेर नवौं स्थानमा छ । क्रिष्टल घरेलु टोलीलाई स्तब्ध बनाएर अंक तालिका सुधार गर्न चाहन्छ ।
आर्सनलले लेष्टर सिटीको सामना गर्नेछ । लेष्टरको मैदानमा हुने खेल राति ११:१५ मा सुरु हुनेछ ।
आर्सनल लेष्टरलाई हराउँदै शीर्ष ४ क्लबसँगको अंक दुरी कम गर्ने योजनामा हुनेछ । पाँचौ स्थानको आर्सनलले १७ अंक जोडेको छ ।
लेष्टर भने घरेलु मैदानमा जित निकाल्दै लिगको शीर्ष दुईमा पुग्न चाहन्छ । २३ अंक जोडेको लेष्टर लिगको तेस्रो स्थानमा रहेको छ ।
लिग अन्तर्गत नै टोटेनहमले घरेलु मैदानमा सेफिल्ड युनाइटेडको सामना गर्नेछ । एभर्टनले साउथह्याम्पटनसँग उसैको मैदानमा खेल्नेछ ।
यस्तै बर्नली र वेष्ट ह्यामले प्रतिस्पर्धा गर्दा न्युकासल र बर्नेमाउथबीच खेल हुनेछ ।