काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनोट खेलिरहेको नेपालले अहिले म्यानमारसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ ।
म्यानमारको मन्डला थिरी स्टेडियमा जारी खेलको पहिलो हाफ सकिदा नेपाल २-० ले पछि परेको छ ।
विश्वकप छनोट अन्तर्गत कुवेतसँगको खेल अघि नेपालले म्यानमारसँग मैत्रीपूर्ण खेल खेलेको हो । म्यानमारसँगको मैत्रीपूर्ण खेललाई नेपालले कुवेतसँगको तयारीको रुपमा लिएको छ ।