काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली यू-२३ राष्ट्रिय फुटबल टिमले अहिले म्यानमारको यू-२२ टिमसँग प्रतिस्पर्धा गरिरहेको छ ।
कतारको दोहामा जारी खेलको दोस्रो हाफ चलिरहदा नेपालले २-१ को अग्रता बनाएको छ । खेलको ६० औं मिनेटमा रेजिन सुब्बाले गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाए ।
रेजिन नवयुगको स्थानमा दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नेपाली टिमले म्यानमारसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो ।