काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली यू-२३ राष्ट्रिय फुटबल टिमले आज म्यानमारको यू-२२ टिमसँग प्रतिस्पर्धा गरिरहेको छ ।
कतारको दोहामा जारी खेलमा म्यानमारले नेपालविरुद्ध बराबरी गोल फर्काएको छ । खेलको ४० औं मिनेटमा म्यानमारले बराबरी फर्काएको हो । उसका लागि लिविन मोए अङले गोल गरे ।
यस अघि नेपालले अनन्त तामाङको गोलमा नेपालले खेलको दोस्रो मिनेटमा अग्रता बनाएको थियो । कप्तान सुजल श्रेष्ठको कर्नरमा अनन्तले हेड गोल गरेका हुन् ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नेपाली टिमले म्यानमारसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो ।