काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली यू-२३ राष्ट्रिय फुटबल टिमले आज म्यानमारको यू-२२ टिमसँग प्रतिस्पर्धा गरिरहेको छ ।
कतारको दोहामा जारी खेलमा नेपालले १-० को अग्रता बनाएको छ । अनन्त तामाङको गोलमा नेपालले खेलको दोस्रो मिनेटमा अग्रता बनाएको हो ।
कप्तान सुजल श्रेष्ठको कर्नरमा अनन्तले हेड गोल गरेका हुन् ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नेपाली टिमले म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।