काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली यू-२३ राष्ट्रिय फुटबल टिमले आज म्यानमारको यू-२२ टिमसँग प्रतिस्पर्धा गर्दैछ ।
कतारको दोहामा नेपालले म्यानमारसँग राति ९:१५ मा प्रतिस्पर्धा गर्नेछ । र, म्यानमारविरुद्ध खेल्ने नेपाली टोलीको सुरुवाती-११ सार्वजनिक भएको छ ।
म्यानमारविरुद्ध नेपाली टोलीको अग्रपंक्ति नवयुग श्रेष्ठ र अभिषेक रिजालले सम्हाल्ने छन् ।
नेपाल सुजल श्रेष्ठको कप्तानीमा मैदान उत्रने छ ।
नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नेपाली टिमले म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपाली टिम :
गोलरक्षक : अर्पण कार्की
डिफेन्डर : बिक्रम लामा, दिनेश राजबंशी, सुमन अर्याल, अनन्त तामाङ
मिडफिल्डर : सुनिल बल, तेज तामाङ, सुजल श्रेष्ठ, अन्जन बिष्ट
स्ट्राइकर : अभिषेक रिजाल, नवयुग श्रेष्ठ