एजेन्सी । युरोपा लिग फुटबलमा स्कटिस क्लब सेल्टिकले जित निकालेको छ ।
समूह चरण अन्तर्गत बिहिबार राति भएको खेलमा सेल्टिकले इटालियन क्लब लाजियो २-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा सुरुवाती एक गोलको अग्रता उल्टाएर सेल्टिकले जित निकालेको हो ।
खेलको ४० औं मिनेटमा म्यानुएल लज्जारीले गोल गर्दै लाजियोलाई अग्रता दिलाएका थिए । तर, खेलको ६७ औं मिनेटमा सेल्टिकका रायन क्रिस्टीले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८९ औं मिनेटमा जुलियन क्रिस्टोफरले गोल गर्दै सेल्टिकलाई २-१ को जित दिलाए ।

जितसँगै समूह 'ई' को सेल्टिकले ३ खेलमा २ जितसहित ७ अंक जोडेको छ । सेल्टिक समूहको शीर्ष स्थानमा रहेको छ । ३ अंक जोडेको लाजियो तेस्रो स्थानमा छ ।
यस्तै समूहको अर्को खेलमा रेनसलाई क्लुजले १-० ले हराएको छ ।