एजेन्सी । युरोपा लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले साँघुरो जित निकालेको छ ।
समूह चरण अन्तर्गत बिहिबार राति भएको खेलमा युनाइटेडले सर्बियन क्लब पार्टिजन बेलग्रेडलाई १-० गोल अन्तरले हराएको छ ।
बेलग्रेडको मैदानमा युनाइटेडलाई जित दिलाउन एन्थोनी मार्सियलले निर्णायक गोल गरे । खेलको ४३ औं मिनेटमा मार्सियलले पेनाल्टीमा गरेको गोल युनाइटेडको जितमा निर्णायक बन्यो ।
जितसँगै समूह 'एल' मा रहेको युनाइटेडले ३ खेलबाट ७ अंक जोडेको छ । युनाइटेड शीर्ष स्थानमा रहेको छ । पराजित बेलग्रेड ४ अंक जोडेर तेस्रो स्थानमा छ ।
यसै समूहको अर्को खेलमा अल्कामरले एफसी अस्टनालाई ६-० ले हराएको छ ।
