काठमाडौं । राष्ट्रिय फुटबल टिमका मिडफिल्डर रोहित चन्द सम्मिलित पर्सिजा जाकार्ताले अर्को निराशाजनक बराबरी खेलेको छ ।
बिहिबार भएको खेलमा पर्सिजाले पीएसएस स्लीम्यानसंग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।
रोहितले सुरुवाती सेटमै रहेर खेलेका थिए । उनले पुरै समय मैदानमा बिताएका थिए ।
तर रोहितको टिम गोल गर्न भने असफल रह्यो ।
गत सिजनको लिग विजेता पर्सिजा पछिल्लो समय रेलिगेशनबाट बच्न संघर्षरत छ । पर्सिजा रेलिगेशन जोन भन्दा एक अंकले मात्र माथि छ ।
पर्सिजाले जारी सिजनमा ९ खेलमा बराबरी खेलेको छ । उसले खेलेको २२ खेलमा ५ मा जित, ९ मा बराबरी र ८ खेलमा हार ब्यहोरेको छ ।
पर्सिजा २४ अंक सहित तालिकाको १३ औ स्थानमा छ ।
स्लीम्यान ३६ अंक सहित तालिकाको छैटौ स्थानमा छ ।