एजेन्सी । फरवार्ड मारियो मान्डजुकीले ईटालियन महारथी क्लब युभेन्ट्स छाड्ने भएका छन् ।
सिरि ए च्याम्पियन युभेन्ट्सले क्रोएसियाका फरवार्डले क्लब छाड्न सक्ने जनाएको हो ।
साता अघि प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडले युभेन्ट्स छाड्ने भए मान्डजुकीलाई न्युनतम तलबको प्रस्ताव माग गरेको थियो ।
मान्डजुकीले नयाँ सिजन सबै खेलमा प्रस्तुत हुन पाएका छैनन् । उनी आगामी सरुवा बजारमा म्यान युनाईटेड जाने तयारीमा छन् ।
उनी जनवरीमा टुरिन क्लबबाट ईङ्लिस क्लब जान सक्नेछन् । उनी साप्ताहिक २ लाख पाउण्ड तलब घटाउन सहमत भएमा युनाईटेड जान सक्ने बताईएको छ ।
रोमेलु लुकाकु र एलेक्सिस साञ्चेज ईटालियन क्लब ईन्टर मिलान लागेपछि युनाईटेड नयाँ फरवार्डको खोजीमा छ ।
एन्थोनी मार्टियल चोट बोकेका छन् भने मार्कोस रासफोर्डले फर्म गुमाएका छन् । सोही कारण युनाईटेडको प्रर्दशन प्रिमियर लिगमा नाजुक छ ।
प्रशिक्षक आले गुनर सोल्सायरले गत बर्ष विश्वकपको फाईनल खेलेका मान्डजुकीले युनाईटेडको उद्वार गर्ने आश राखेका छन् । केही सिजन अघि ज्लाटन ईब्रोहिमोविचले युनाईटेडमा खेलेको भूमिका सोल्सायरले मान्डजुकीमा राखेका छन् ।
युभेन्ट्सका खेल निर्देशक फबियो पाराटिसीले मान्डजुकीका लागि उपयुक्त स्थान खोजिरहेको बताएका छन् ।
'उनी यही बस्ने वा बाहिर जाने दुवै चिज हेरिरहेका छौ । हामी उनका लागि राम्रो ठाउँ हेरिरहेका छौ । त्यो दुवै पक्षलाई फाईदाजनक होस ।' उनले भनेका छन् ।
सोल्सायरले केही नयाँ फरवार्डलाई ओल्डट्राफोर्ड भित्राउन चाहन्छन् ।