एजेन्सी । डेराईस मार्टिन्सले म्याराडोनाको रेकर्ड उछिन्दा नापोलीले च्याम्पियन्स लिगमा रोमाञ्चक जित दर्ता गरेको छ ।
बुधबार राति भएको खेलमा नापोलीले सेल्जवर्गलाई ३–२ गोल अन्तरले हराएको छ ।
३२ बर्षका मार्टिन्सले दुई गोल गरेपछि अर्जेन्टिनी लिजेण्ड म्याराडोनाको १ सय १६ गोलको सर्वाधिक दोस्रोको कीर्तिमान भंग भएको थियो ।
मार्टिन्स अझै मारेक हामसिक भन्दा ५ गोलले पछाडी रहेका छन् ।

म्याराडोना नापोलीमा रहदाँ उत्कृष्ट प्रर्दशन गरेका थिए । जसले नापोलीलाई सन् १९८६–८७ को सिजनमा लिगको पहिलो उपाधि जिताउन भूमिका खेलेका थिए ।
मार्टिन्जले १७ औ मिनेटमा नापोलीलाई अग्रता दिलाएका थिए ।
४० औ मिनेटमा हल्याण्डले गोल गर्दै घरेलु टोली सेल्जवर्गलाई बराबरीमा ल्याएका थिए ।
मार्टिन्जले पुन नापोलीलाई ६४ औ मिनेटमा अग्रता दिलाए ।
७२ औ मिनेटमा हल्याण्डले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
लगत्तै अर्को मिनेटमा लोरेन्जो ईन्साईनीले गोल गर्दै नापोलीलाई महत्वपुर्ण जित दिलाए ।

नापोली जित सहित ७ अंक जोडेर शीर्ष स्थानमा उक्लियो । सेल्जवर्ग ३ अंक सहित तेस्रो स्थानमा रह्यो ।