एजेन्सी । युईएफए च्याम्पियन्स लिग फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ ।
बुधबार राति भएको खेलमा इन्टरले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २-० गोल अन्तरले हराएको छ ।
घरेलु मैदानमा इन्टरलाई जित दिलाउन लाउटारो मार्टिनेज र एन्टोनियो कान्ड्रेभाले एक एक गोल गरे । यस्तै खेलमा मार्टिनेजले एक पेनाल्टी खेर फालेका थिए ।
जितसँगै समूह एफको इन्टरले ३ खेलमा ४ अंक जोडेको छ । इन्टर तालिकाको तेस्रो स्थानमा छ ।
पराजित डर्टमण्ड ४ अंक जोडेर दोस्रो स्थानमा छ । यस समूहमा ७ अंक जोडेको बार्सिलोनाले शीर्ष स्थानमा छ ।

