बंगलादेशी खेलाडी बिहीबार स्वदेश फर्किने तयारीमा

काठमाडौं। जेनजी आन्दोलनका कारण केही दिनदेखि अवरुद्ध भएको नेपालको अन्तर्राष्ट्रिय उडान पुनः सुरु भएको छ।
त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय फ्लाइट बन्द भएपछि बंगलादेश फुटबल टोली स्वदेश फर्कन सकेको थिएन। तर, बुधबार दिउँसोबाट उडान सञ्चालन पुनः सुरु भएपछि उनीहरू चाँडै नै फर्कने सम्भावना देखिएको छ।
बंगलादेश फुटबल महासंघ (बीएफएफ) का महासचिव इमरान होसेन तुषारले भने, ‘हामी भोलिसम्म टोलीलाई स्वदेश ल्याउने प्रयासमा छौं। त्यो बंगलादेश विमानमार्फत होस् वा विशेष सरकारी उडानमार्फत। अध्यक्षज्यू दुवै विकल्पमा काम गरिरहनुभएको छ। हामी आशा गर्छौं भोलिसम्म खेलाडीहरू सुरक्षित रूपमा फर्कन सक्नेछन्।’
हाल टोली काठमाडौंको होटलमै सुरक्षित रहेका छन्। खेलाडीहरूले बुधबार जिम र स्वीमिङ गरेर समय बिताएका थिए। बंगलादेश र नेपाल मैत्रीपूर्ण खेल कभरेजका लागि आएका पत्रकारहरू पनि खेलाडीहरूसँगै होटलमा छन्। बीएफएफले टोलीसँगै पत्रकारहरूको फर्काइ पनि सुनिश्चित गर्न प्रयास गरिरहेको छ।
विमान बंगलादेश एअरलाइन्सले काठमाडौं रुटमा नियमित उडान भर्ने भए पनि आज (बुधबार) सबै फ्लाइट स्थगित गरेको थियो। तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालनमा आएपछि बिहीबार उडान हुने अपेक्षा यात्रुहरूले गरेका छन्।
९ सेप्टेम्बरमा हुने भनिएको दोस्रो मैत्रीपूर्ण खेल रद्द भएपछि बीएफएफले टोलीलाई चाँडै फर्काउने उद्देश्यले १० सेप्टेम्बरको रिटर्न टिकट एक दिन अगाडि सारेको थियो। त्यसअनुसार टोलीका लागि ३३ वटा टिकट मंगलबार बेलुकाको फ्लाइटमा पुनः शेड्युल गरिएको थियोब






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)



-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)